Monday, August 10, 2009

एउटा प्रचलन जसको चर्चा बर्समा एक पल्ट हुन्छ

देबराज लुइटेल
एउटा पोखरीमा पाँचदेखि सात महिनाको एउटा पाठो फ्याँकिन्छ। एक हुल ‘सभ्य प्राणी’ मानिने मान्छेहरु पोखरीमा कुद्छन्। अनि त्यो निरीह पाठोलाई लुछाचुँडी गरी तान्छन्। यातनाका कारण पाठो चिच्याएको आवाज रमाइलो मानेर हेर्न बसेका दर्शक र मार्न तम्सेका मान्छेहरुको कोलाहलका बीच कता हो कता दबिन्छ। तानातान कै बीच पाठोले ज्यान गुमाउँछ। मान्छेहरु रमाउँछन्।
तर के रमाइलो छ र खै गाईजात्राको भोलिपल्ट खोकनामा मनाइने यो जात्रामा ? कहिलेसम्म परम्पराका नाममा यस्ता विकृतिहरुलाई हामीले प्राथमिकता दिइराख्‍ने ?
हो, संस्कृति र परम्परा संवेदनशील विषय हुन्। यसलाई सकेसम्म हामीले जीवित राख्‍नु पर्छ। तर त्यसो भन्दैमा मानवीय पक्षलाई चटक्कै बिर्सने यातनादायी परम्परालाई पनि कायमै गर्नुपर्छ भन्ने हुँदै हैन। कुनै पनि धर्मले अरुलाई दुःख दिन सिकाउँदैन। कुनै पनि परम्पराले अरुलाई यातना दिन सिकाउँदैन। यसको लक्ष्य अरुको कल्याण हो।
तर खोकनामा वर्षेनी हुने जात्राले यो सब तथ्यलाई गिज्याउने गर्छ। यस पटक पनि त्यस्तै भयो। गाईजात्राको भोलिपल्ट खोकनाको इन्द्रायणी मन्दिर नजिकैको दे पुखुमा त्यही क्रुर यातना दोहोरियो। त्यो पाठोको एक एक अंगमा आक्रमण गरे उनीहरुले। हामीलाई हेर्दैमा डर लाग्छ, तर उनीहरुले गरे।
स्रोत : मेरो संसार डट कम

No comments:

Post a Comment