Monday, August 31, 2009
Friday, August 28, 2009
Thursday, August 27, 2009
Wednesday, August 26, 2009
Monday, August 24, 2009
नेपालमा भेटियेका अल कायदा हरु को हून त ?
Debaraj Luitel
सर्वशक्तिमान भन्ने अमेरिकालाई समेत आच्छु आच्छु पार्ने आतंकवादी संगठन अलकायदाको नाम जोडिएर कैलालीमा केही नेपाली पक्राउ परेको खबर आएपछि नेपालको सुरक्षा निकाय लगायत सर्वसाधारण पनि झस्केका थिए। अब विश्वव्यापी सञ्जाल रहेको अल कायदा नेपालमा पनि छिर्यो भन्ने चिन्ता उत्पन्न भएको थियो।
आखिर के रहेछ त वास्तविकता ? प्रहरी अनुसन्धानले के देखाएको रहेछ त ?चन्दा सङ्कलन गर्ने योजना बनाएको अवस्थामा कैलालीमा पक्राउ परेका व्यक्तिहरुको अलकायदासँग कुनै सम्बन्ध नरहेको प्रहरी अनुसन्धानले देखाएको छ।
यसो सोच्दा पनि थाहा हुन्छ नि, अल कायदाजस्तो विश्व सञ्जाल भएको संगठनलाई कैलालीका केही काठका ठेकेदार र इँटाभट्टा सञ्चालकसँग चन्दा माग्नुपर्ने स्थिति छ र ? तर यी नेपाली अल कायदाले त चन्दा माग्दै पत्र काटेका रहेछन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उत्तम सिंहले अनुसन्धानबाट उनीहरु अलकायदामा आबद्ध नरहेको पाइएको बताएका छन्। किन उनीहरुले अल कायदाको नाम प्रयोग गरेछन् त ?
‘लुटेर खाने मनसायले’ सिंहको कथन छ।
आवश्यक छानबिन र अनुसन्धानपछि उनीहरु उक्त सङ्गठनसँग आबद्ध नरहेको पाइएपछि दुई जनालाई प्रत्येकलाई रु.२८ हजार र अन्य तीनजनालाई दुई दुई हजार रुपैयाँ धरौटी लिई रिहा गरिसकिएको रहेछ।
कैलालीको छुट्टाछुट्टै ठाउँबाट केही हप्ताअघि अलकायदा सङ्गठनमा रहेको आशङ्कामा प्रहरीले पहलमानपुरका शेरा चौधरी र रोशन चौधरी, टीकापुरका सुहाग चौधरी, रामशिखरझालाका रोहित चौधरी र जयलाल चौधरीलाई पक्राउ गरेको थियो।
पक्राउपछि सार्वजनिक अपराध ऐनअर्न्तर्गत यी व्यक्तिमाथि कारबाही अघि बढाइएको थियो। यीमध्ये शेरा, रोशन र सुहाग चौधरी चाहिँ पहिले माओवादीका कार्यकर्ता रहेको प्रहरीले बताएको छ।
स्रोत: मेरोसंसार डट कम
Thursday, August 20, 2009
तस्बीर के भनिरहेछ
देबराज लुइटेल
भारत भ्रमणमा प्रधानमन्त्रीलाई साथ दिनु भएकी उहाँकी धर्मपत्नी गयात्रिले सोनिया गान्धीसंग हात मिलाउँदै गर्दाको यो फोटो हेर्दा मनमा निकै कुराहरू खेलना सक्छन । एउटा फोटोले हजारौं कुराहरू बोल्दछ भन्ने कुराको ज्वलन्त उदाहरण त्यस फोटोले प्रमाणित गरेको छ हाम्रो प्रधानमन्त्री पत्नी उल्टो धनुष्टंकारको आकारले झुकेको तस्बीर माँ पrasta देखन सकिन्छ , सोनिया गान्धी को हेराई हाम्रो प्रधानमन्त्री पत्नीको आँखाको तहमा छ तर गायत्री नेपालका आँखा भने झुकेका मात्र होइना , भुईँतिर गाडिएका छन्। गायत्री नेपालले दुबै हातले चपक्क सोनिया गान्धीको एउटा समतियको देखिन्छ ।
स्रोत :भिविन्न sअंचार माद्यम
Monday, August 10, 2009
एउटा प्रचलन जसको चर्चा बर्समा एक पल्ट हुन्छ
देबराज लुइटेल
एउटा पोखरीमा पाँचदेखि सात महिनाको एउटा पाठो फ्याँकिन्छ। एक हुल ‘सभ्य प्राणी’ मानिने मान्छेहरु पोखरीमा कुद्छन्। अनि त्यो निरीह पाठोलाई लुछाचुँडी गरी तान्छन्। यातनाका कारण पाठो चिच्याएको आवाज रमाइलो मानेर हेर्न बसेका दर्शक र मार्न तम्सेका मान्छेहरुको कोलाहलका बीच कता हो कता दबिन्छ। तानातान कै बीच पाठोले ज्यान गुमाउँछ। मान्छेहरु रमाउँछन्।
तर के रमाइलो छ र खै गाईजात्राको भोलिपल्ट खोकनामा मनाइने यो जात्रामा ? कहिलेसम्म परम्पराका नाममा यस्ता विकृतिहरुलाई हामीले प्राथमिकता दिइराख्ने ?
हो, संस्कृति र परम्परा संवेदनशील विषय हुन्। यसलाई सकेसम्म हामीले जीवित राख्नु पर्छ। तर त्यसो भन्दैमा मानवीय पक्षलाई चटक्कै बिर्सने यातनादायी परम्परालाई पनि कायमै गर्नुपर्छ भन्ने हुँदै हैन। कुनै पनि धर्मले अरुलाई दुःख दिन सिकाउँदैन। कुनै पनि परम्पराले अरुलाई यातना दिन सिकाउँदैन। यसको लक्ष्य अरुको कल्याण हो।
तर खोकनामा वर्षेनी हुने जात्राले यो सब तथ्यलाई गिज्याउने गर्छ। यस पटक पनि त्यस्तै भयो। गाईजात्राको भोलिपल्ट खोकनाको इन्द्रायणी मन्दिर नजिकैको दे पुखुमा त्यही क्रुर यातना दोहोरियो। त्यो पाठोको एक एक अंगमा आक्रमण गरे उनीहरुले। हामीलाई हेर्दैमा डर लाग्छ, तर उनीहरुले गरे।
स्रोत : मेरो संसार डट कम

Sunday, August 9, 2009
सकारात्मक सोचलाई बढावा दिने कर्ण शाक्यको बहुचर्चित पुस्तक ‘सोच’ को
Debaraj Luitel
सकारात्मक सोचलाई बढावा दिने कर्ण शाक्यको बहुचर्चित पुस्तक ‘सोच’ को अडियो सुन्ने किताबका रुपमा प्रकाशन भएको छ। लेखक कर्ण शाक्यले यसलाई माइसंसारका सबै पाठकका लागि सार्वजनिक गर्न आग्रह गरेका छन्। आम जनमानसमा निराशा र वितृष्णाले जरो गाडेको हालको विषम परिस्थितिमा सकारात्मक सोचको नितान्त आवश्यकता देखिएको हुँदा आम जनमानसमा सकारात्मक सोचको जागरण गराउने अभिलाशाले यो सुन्ने किताब सोचलाई अभियानका रुपमा सञ्चालन गरिएको छ। नेपालका विभिन्न एफएमहरुबाट पनि यो सुन्ने किताब बजिसकेको छ। माइसंसारका विभिन्न देशमा रहेका पाठकहरुलाई पनि यो अभियानमा संलग्न गराउने उद्देश्यका साथ यस सुन्ने किताबका अडियोहरु यहाँ राख्ने जमर्को गरेका छौँ। यसलाई सुन्नुस्, डाउनलोड गरेर तपाईँको आईपडमा राखी फूर्सदका बेला सुन्नुस्। सकारात्मक सोच अभियानलाई कसरी हामी देशविदेशमा सञ्चालन गर्न सक्छौँ, त्यसमा तपाईँको भूमिका के हुनसक्छ, आफ्ना सल्लाह, सुझावहरु तल कमेन्टमा वा soch@mysansar.com मा पठाउनुस्।
आज ‘वनबासतर्फ’ शीर्षकलाई प्रस्तुत गरेका छौँ। सुन्नलाई वा डाउनलोड गर्नलाई भित्र
Saturday, August 8, 2009
आदिवासीबेगरको इन्द्रपुरी नेपाल
Debaraj luitel
अचेल नेपालका आदिवासी भूमिपुत्रहरुको नाममा विभिन्न खाले टाँचा वा लाञ्छनाहरुले मूलधारका पत्रपत्रिकाहरुको पाना भरिने गरेको छ। सर्सर्ती हेर्दा ती आक्षेपका कोहोलोहरु यस्ता छन्- “जातीय आवेश, विभाजन रेखा, नेपाललाई युगोस्लाभिया झैँ विलय गराउने खेल, देशलाई लेबनानको कुबाटोतिर धकेल्ने कार्य, श्रीलंका, भुटान, सोमालियापथ र लेण्डुप दोर्जेहरुको जन्म” आदि।
नागरिकतान्त्रिक संघीय गणतन्त्र नेपालसम्म आइपुग्दा राज्यको तीनै अंगदेखि शैक्षिक, सञ्चार, आर्थिक, सामाजिक, सांस्कृतिक र न्यायिक क्षेत्रहरुमा नब्बे प्रतिशत हिस्शा ओगट्ने चिन्तक जात यो पल यसरी लाञ्छनै लाञ्छनामा अल्झिएको छ। यी लाञ्छनाहरुमा घोतिल्दा म आफूसँग प्रश्न गर्छु- “आजकलका +२ का कल्कलाउँदा शिक्षार्थीहरुले पनि भन्ने गरेको एक्काइसौं शताब्दीको नेपालमा एब्सोल्युट (निरपेक्ष) जातिवादको पक्षधर को हो ? उनीहरु नेपाललाई किन लेबनानको कुबाटोतिर डोर्याइ रहेछन् ? दोस्रो युगोस्लाभिया बनाउन किन खोजी रहेछन् ? किन रुवाण्डा र नाइजेरिया बनाउन खोजी रहेका छन् वा किन लेन्डुप दोर्जेहरुको अवतार हुन खोजी रहेछन् हा

धेरै लेख्न मन लाग्छ, फुटबलका गोलको वर्षाले राष्ट्रिय गौरव बढाएका गाथाहरु। एक से एक स्टार फुटबलरहरुको बारेमा कोर्ने रहर त कहिल्यै मरेन। गोल-गोल र गोलैगोलको खबर लेख्ने रहर अधुरो अपुरो भएको छ। तर यसपटक गोलभित्रको भद्रगोल र बबालबारे कलम चलाउन मन लाग्यो।
प्रसंग अखिल नेपाल फुटबल संघ (एन्फा) को आउँदो भदौ २४ मा हुने निर्वाचन हो। अचम्म ! चौथो कार्यकालका लागि अध्यक्षमा फेरि गणेश थापा नै निर्वाचित भए। बडा अचम्म गणेशविरुद्ध उम्मेदवारी दिने चरो-मुसो कोही देखा परेन। मै लडेर देखाइदिन्छु भन्ने गीता राणाको सबै सपना उडाइदियो संघको संशोधित भनिएको विधानका दफा-उपदफाले। प्रतिस्पर्धी नै नभएपछिको जीतले मख्ख छ गणेश। यो गणेश जीत प्रक्रिया देख्दा सम्झना आयो- भगवान् गणेश र कुमारको सिनियारिटी दौडको।
सुने अनुसार पृथ्वी लोकमा शिव र कुमारमध्ये पहिले कसको पूजा हुने भनेर विवाद भा’थ्यो रे। कुमार र गणेश झगडा भगवान शिव-पार्वती समक्ष पुग्यो। अनि शिव-पार्वतीले तिमीहरु दुवै सुमेरु पर्वत जो छिटो घुमेर आउँछौं, उसैको पूजा पहिले हुन्छ भनेर भन्दिएथे। विचरा भूँडे, सुढे गणेशले मुसा बाहनबाट सुमेरु पर्वत घुम्नपर्ने चुनौती। उता वायुपंखी मयुर बाहनबाट सुमेरु पर्वत घुम्न के बेर लाग्थ्यो र कुमारलाई ?
अन्ततः कुमार छिटो भए सुमेरु पर्वत तीन फन्को मार्न। गणेशले फुन्को मार्न सम्भवै थिएन। त्यसैले जुक्ति सुझाए रे मुसो चढेर बा, आमा या ने कि शिव पार्वतीको तीन फन्को मारेर पहिलो भएथे रे। पछि जितको ढुक्कमा रहेका कुमार हिस्सिए किनकि शिव पार्वतीले गणेश नै पहिलो भएको बताए। कारण दिए सबै लोकका परमाधिपति शिव पार्वतीको फन्को मारेपछि सुमेरु घुम्नै पर्दैन। गणेश पहिलो पुज्य भगवान कुमार दोस्रोको दोस्रो। खेल खत्तम।
यस्तै भो एन्फाको यसपटकको चुनावमा। गणेशले फिफा र एएफसीको दिमाग भुटेका मात्रै छैन त्यहाँभित्रका डिजाइनरहरुको गोट्टी बनेर स्वार्थ पूरा गर्न बितेका १४ वर्षा ज्यानै दिएका छन्। एन्फा आफ्नो खल्तीबाट चलाएरै भए पनि फिफा र एएफसीको सहयोग पारदर्शी नबनाई विरोधी जतिलाई त्यही पैसाको आडमा किनेका छन्। एन्फा सदस्य ७२ मध्ये ६८ ले मात्रै गणेशाय नमः किन गरे ? बिना द्रव्यलाभ, गणेशको फुटबलक्रान्तिबाट नतमस्तक भएर हो र ? कदापि हैन। हो त अध्यक्षमा उही खाओस्, आफ्नो खल्ती पनि मोटाउनोस् भन्ने दरिद्र मानसिकता हो।
एमालेलाई किने, खल्ती भरिदिंदै जीवनराम श्रेष्ठलाई भावी मेयर उम्मेदवारीमा सघाउने शर्तमा। कांग्रेसलाई किने २-४ जनालाई एन्फामा राखेर। माओवादीलाई किने- अरुभन्दा मै बढी कामलाग्दो छु भनेर। आखिर दाजु कमलका लागि नागर्जुन दरबार भए पनि मेरा लागि माओवादी नै दरबार भनेर। सायद वर्षान पुनले चढ्ने बोलेरोमा फिफा र एएफसी सहयोगको हिस्सा हुनुको परिणाम हो यो। बाँकी सब बेबकुफ दल हुन् तिनीलाई गच्छेअनुसार रिझाउन किन चुक्थे र चतुर गणेश। आखिर गणेशले गणेशपथमै जिते।यता गीता परिन् काँचो रिसवाली। सरकारी एन्फाको अध्यक्ष र महिला फुटबल अध्यक्ष हुँदा उनले एन्फा बुझिन। अनि हर्ताकर्ता हुन खोजिन्। तर राजनीति र कुटनीति मिलाउन जानिनन्। लोभी थिइन् भने त गणेशकै उपाध्यक्ष वा महासचिवमा जित्थिन्। तर लोभ गरिनन्। सलाम गर्नुपर्छ एक्लो वृहस्पति बनेरै भए पनि गणेशविरुद्ध हुक्का गर्ने गीता साहसलाई। उनले एन्फाको संशोधित भनिएको विधानको तगारो सुरुमै सच्याउन सकिनन्। भन्नोस् साधारणसभाका सदस्य प्रस्तावक, र्समर्थक हुन नपाउने एन्फाका पदाधिकारी मात्रै प्रस्तावक/समर्थक हुने विधान पनि कहीँ कहिल्यै प्रजातान्त्रिक विधान हुन्छ ?

Subscribe to:
Posts (Atom)