Wednesday, October 14, 2009
तिहार...
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार मृत्युका देवता यमराजसँग सम्बन्धित र पाँच दिन सम्म मनाइने भएकोले यस चाडलाई यमपन्चक पनि भनिन्छ। यो चाड वैदिककाल देखी नै शुरु भएको मानिन्छ। एक पटक असुर राजा बलीले अश्वमेघ यज्ञ गरीमागे जति दान दिने प्रतिज्ञा गरे पछि राजा बलीको घमन्ड चुर गर्न वटु बामन अवतार लिई आउनु भएका भगवान बिष्णुले भिक्षा स्वरुप आफ्नो तिन पाउ बराबरको जमिन माग्नुभराजा बलीले उत्त भिक्षादिन प्रतिज्ञा गरे पछि भगवान बिष्णुले पक पाउले सारा पृथ्बी नाप्नु भयो,अर्को पाउले स्वर्ग तथा अन्तरिक्ष सारा पृथ्बी नाप्नु भयो र तेस्रो पाउ राख्ने ठाँउ नहुदा राजा बलीले आफ्नो वचनको मर्यादा राख्न आफ्नै शिरमा तेस्रो पाउ राख्न बिन्ति गरेछ यो देखेर भगवान बिष्णु खुसी भई राजा बलीलाई सतल नामको लोक दिने र आफु स्यंम वलीको पाले घेरामा ४ महिनासम्म सुत्ने र कार्तिक पक्षको अन्तिम पाँच दिन तिनै लोकको राज्य भोग गर्न पाउने बरदान दिए।
Subscribe to:
Posts (Atom)